No.1 News Portal from Sudurpashchim Province
bajaj

चेक बाउन्स गरि ठगी गरेको आरोपमा नौगाड-४ का अध्यक्ष धामी प्रहरी खोरमा

गोकुलेश्वर। दार्चुलाका एक वडाअध्यक्ष चेक बाउन्स गरि ठगी गरेको आरोपमा कैलालीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन् ।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए ।तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि टंकले प्रहरीमा उजुरी दिएका थिए।

pm office

सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका एक अधिकारीले बताए । वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो।

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.