गोकुलेश्वर। डडेल्धुरामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर १ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले बताए ।
बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
