गोकुलेश्वर। दार्चुलाको दोश्रो ठूलो बजार तथा शैल्यसिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट संकलिन फोहोर नगरपालिकाले धमाधम उठाउन थालेको छ ।
नगरपालिकाको चौतर्फी आलोचना हुन थालेपछी फोहोर उठाउन सुरु गरिएको हो । घर तथा होटल संचालनबाट संकलित फोहोर लामो समयदेखी व्यपस्थापन नहुदा सिङ्गो गोकुलेश्वर बजार दुर्गन्धित बनेको थियो ।
गोकुलेश्वर बजार,चमेलियानदि किनारको छेउछाउमा जथाभावी फोहोर फालिएका कारण नगरपालिकालाई व्यवस्थापन गर्न निकै चुनौती थपिएको थियो ।

नगरपालिकाले समयमै फोहोर नउठाउदा गोकुलेश्वरका नागरिकहरुले समस्या भोग्नुपरेको थियो । फोहोर उठाउनमा नगरपालिकाले चासो नदेखाएपछी गोकुलेश्वरका स्थानियले निकै समस्या भोग्नुपरेको दुखेसो रेडियो चौलानी टुडे र सेतिकाली डटकमलाई सुनाएपछि उक्त समाचारलाई प्राथमिकताका साथ प्रसारण तथा प्रकासन गरिएको थियो । 
बजार र सार्बजनिक स्थानमा फोहोरको थुप्रो लाग्दा समेत नगरपालिका मुखदर्सक बनेको हेडलाइन सहित समाचार प्रसारण भएलगत्तै केही जनप्रतिनिधिले आक्रोश समेत व्याक्त गरेका थिए ।
रेडियो चौलानी टुडेबाट उक्त समाचार प्रसारण भएपछी समाजिक संजालमा समेत नगरपालिकाको चौतर्फी आलोचना भएको थियो ।
उक्त आलोचना पछि नगरपालिका धमाधम फोहोर उठाउनमा जुटेको छ । गोकुलेश्वर बजारको फोहोर धमाधम उठ्न थालेपछी नगरबासी खुसी भएका छन ।




