No.1 News Portal from Sudurpashchim Province
bajaj

महिला लाई जवरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

गोकुलेश्वर। दार्चुलामा महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका(३ का वडाध्यक्ष मदन सिह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।

pm office

आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.