गोकुलेश्वर । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष बोहराको मृत्यु भएको छ। ३८ वर्षीय सर्जनबहादुर बोहराको मधुमेह र कलेजो सम्बन्धी समस्याबाट गएराति मृत्यु भएको हो।

बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। चिकित्सककै सल्लाहमा घर फर्केको केही दिनमै बोहराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सुर्मा गाउँपालिका वडा नम्बर–४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए।
