
गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ । बुधवार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८० । ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने बताएका हुन् ।
शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर प्राथमिक अस्पताल अब प्रदेश स्तरीय अस्पतालका रुपमा विकास गरिने भएको हो । यस सँगै प्रदेशले डडेल्धुराको जोगबुढा अस्पताल, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई पनि प्रदेश स्तरीय अस्पताल बनाउने जनाईएको छ ।
