No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुराका दुई स्थानीय तहमा कृषि एम्बुलेन्स सञ्चालन हुने,सुदूरका अर्थ मन्त्री शाहीले गरेका थिए पहल

गोकुलेश्वर। बाजुराका दुई वटा स्थानीय तहमा कृषि एम्बुलेन्स सञ्चालन हुने भएका छन् ।जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालन हुने भएका हुन् ।

जिल्लाका कृषकरुले फलाएको अग्रानिक रैथाने बाालीहरु बजारसम्म ढुवानि गर्न नसक्दा बारीमै कुहिएर खेर जाने समस्या भएको बताउँदै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुशाललाई बाजुरामा कृषि एम्बुलेन्समा बजेट विनियोजन गर्न अनुरोध गरेका थिए ।

सोहि अुनरोधलाई आत्मसाथ गर्देै मन्त्री भुसालले बाजुराको स्वामीकार्तिक र हिमाली गाउँपालिकालाई कृषि एम्बुलेन्स खरीदका लागि बजेट विनियोजन गरेका हुन् । बाजुरामा कृषि एम्बुलेन्सका लागि बजेट विनियोजन भएपछि गाउँपालिकाले सो निर्णयलाई स्वागत गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।

pm office

उनले भने,‘गाउँपालिकाबाट स्थानिय कृषकलाई गाउँगाउँमा फलफुलका विरुवा रोप्न लगाएर फलाइसकेका छौं । अब कृषकले फलाएका सबै खालका कृषि जन्य पदार्थहरु सहजै बजार सम्म ढुवानि हुने छन् ।’

यस्तै स्वामीकार्तिक खापार गाउँपालिकाका अध्यक्ष भरत रोकायाले प्रदेश अर्थ मन्त्री शाहीले यहाँका समस्या विस्तारै समाधान गर्न लागिपरिरहेका बताए । उनले भने,‘हाम्रो गाउँपालीकामा तमाम स्याउ उत्पादन हुन्छ । हामीले गाउँपालिकाबाट स्याउ तथा फलफुलका बोट विरुवा वितरण गरेका छौं । कृषकले स्याउ लगायत फलफूलहरु तमाम फलाएका छन । हरेक वर्ष फलफुल बोटमै कुहिन्थ्यो यो पटक बाट हाम्रा कृषिले फलाएका अग्रानिक रैथाने वालीहरु एम्बुलेन्सबाट बजारी करण गर्न गर्न निक्कै सहयोग पुग्ने छ ।’

प्रदेश अर्थ मन्त्री शाहीको विषेश पहलमा बाजुराका ९ वटै स्थानिय तहमा कृषि कार्यक्रम र जगन्नाथ गाउँपालिकामा चिस्यान घर निर्माणका लागि समेत बजेट विनियोजन भएको छ । त्यस्तै भैतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाई समेत सडक,पक्कीपुल लगायत भातिक पुर्वाधारका काम निर्माणका लागि बाजुरालाई विशेष प्राथमिकता राख्न अनुरोध गरेका थिए ।

मन्त्री शाहीले उसअघि नै बाजुरामा ३ वटा ठाउँमा बेलिवृज जोड्ने निर्णय गराई सकेका छन्भने स्वामीकार्तिक गाउँपालीकाको काम्तीमा स्टीलपुल समेतको ठेक्का हुने प्रक्रियामा रहेको प्रदेश अर्थ मन्त्रीका प्रेस सल्लाहाकार अनिल शाहीले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.