गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री को टोली श्री बैधनाथ धाम, रामारोशन पर्यटन क्षेत्र र बडिमालिकाको भ्रमण गर्न त्यहा प्रस्थान गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा , पर्यटन क्षेत्रको विकास भन्ने मुल संदेशलाई मध्यनजरगर्दै सुदूरपश्चिम प्रदेश सरकार का मुख्यमन्त्री कमलबहादुर शाह को नेतृत्वमा मन्त्रिमण्डल ,सभामुख ,संसदीय दलका नेताहरु भारतबाट आउनुभएका पाहुना आचार्य बालकृष्ण स्वामी भोलि देखि सुरुहुने प्रथम खप्तड

अन्तराष्ट्रीय आध्यात्मिक सम्मेलनमा सहभागी हुन आज सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री को टोलीले श्री बैधनाथ धाम, रामारोशन पर्यटन क्षेत्र र बडिमालिका को भ्रमण गर्न हवाई माध्यम बाट त्यहा प्रस्थान गर्नुभएको छ ।

भ्रमण बाट सुदुरपश्चिम प्रदेशको धार्मिक र पर्यटन क्षेत्रको प्रचार प्रसार का साथै आन्तरिक तथा बाह्य पर्यटक आउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।



