No.1 News Portal from Sudurpashchim Province
bajaj

नक्कली भुटानी शरणार्थी काण्डमा आज पनि दुई सरकारी वकिलले बहस गर्दै

गोकुलेश्वर। नक्कली भुटानी शरणार्थी काण्डमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो ।

सोमबार उक्त इजलासमा सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ताद्वय जनकप्रसाद घिमिरे र सीताराम अर्यालले बहस गर्न लागेका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौंले यस शरणार्थी प्रकरणमा बहस गर्न सरकारी वकिलको समूह नै बनाएको छ । जसअनुसार कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसमेतले बहस गर्ने तयारी छ। आज जनकप्रसाद घिमिरेले बहस गर्न सकाएपछि सीताराम अर्यालले बहस गर्नेछन्।

pm office

इजलासमा मंगलबारसम्म सरकारी वकिलको तर्फबाट बहस गर्ने समझदारी भएको थियो। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।

नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ परेका छन् ।

उनीहरू सबै जनाको गत शुक्रबार बयान लिन सकाएको थियो। सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।

फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.