No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतको उडिसामा रेल दुर्घटनामा  मृत्यु हुनेको संख्या २६१ पुग्यो

गोकुलेश्वर। भारतको पूर्वी राज्य उडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ। दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किएर भएको उक्त दुर्घटनामा एक हजारभन्दा बढी मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

एक रेल लिकबाट बाहिर गएर विपरित दिशाबाट आएको अर्को रेलसँग ठोक्किएको थियो भने रेलको डिब्बा उछिट्टिएर रोकिराखेको मालबाहक रेलमा पनि लागेको थियो।

हालसम्म पनि उद्धारको क्रम जारी रहेको छ भने सयौँ आपत्कालिन कामदारहरु घटनास्थलमा खटिएका छन्।

pm office

करिब २० वर्षभन्दा बढी समयदेखिको सबैभन्दा ठूलो उक्त रेल दुर्घटनाको कारण भने खुल्न सकेको छैन। शुक्रवार राति भएको दुर्घटनामा कोलकातादेखि चेन्नईबिच चल्ने कोरोमन्डल एक्सप्रेसका रेलबे डिब्बाहरु ट्र्याकबाट उछिट्टिएका थिए।

२०० भन्दा बढी एम्बुलेन्स तथा सयौँको संख्यामा डाक्टर, नर्स र उद्धार कर्मचारीहरुलाई घटनास्थलमा खटाइएको उडिसाका प्रमुख सचिव प्रदीप जेनाले बताए।

रेलको डिब्बामा च्यापिएका र घाइते सबैको उद्धार गरिएको छ। घाइतेहरुको अवस्था कति चिन्ताजनक छ भन्ने खुलाइएको छैन।

भारतको साउथ इस्टर्न रेलवे कम्पनीका अनुसार दुर्घटना भएको स्थलको ट्र्याक पुनःनिर्माणको काम सुरु भइसकेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार बिहान रेलवेमन्त्री अश्विनी वैश्नवसहित घटनास्थल पुगेका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.