No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले दार्चुलाको इन्चार्जमा सहदेव बोगटी

गोकुलेश्वर। नेकपा एमाले दार्चुलाको इन्चार्जमा  सहदेव बोगटीलाई खटाएको छ । जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट्ब्युरो सदस्यहरुलाई दिने नीति अनुसार बोगटीलाई दार्चुला खटाएको हो ।

pm office

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लाहरुको इन्चार्जमा पोलिट्ब्युरो सदस्यहरुलाई जिम्मेवारी दिएको हो ।

यस्तै बैतडी इन्चार्जको रुपमा निरुदेवी पाल,डडेल्धुराको इन्चार्जमा गौरी ओली, डोटीको इन्चार्जमा लिला भण्डारी, बझाङको इन्चार्जमा राजेन्द्रसिंह रावल, अछामको इन्चार्जमा लालबहादुर थापा र बाजुराको इन्चार्जमा भैरवबहादुर सिंहलाई खटाइएको छ ।

त्यस्तै कैलालीको इन्चार्जमा गणेशसिंह ठगुन्ना र कञ्चनपुरको इन्चार्जमा नारदमुनि रानालाई खटाएको एमालेले जनाएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.