गोकुलेश्वर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको बताए ।

शनिवार आज नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले यस्तो बताका हुन् । उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताए ।
उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग मात्रै गर्ने बताए । साथै उनले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । सधैँ हारेको नेविसङ्घ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो रु अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ ।’
