No.1 News Portal from Sudurpashchim Province
bajaj

लडेर गम्भीर घाइते भएकी डिलाशैनीकी ऐरलाई एसएनएस-२४ को आर्थिक सहयोग

गोकुलेश्वर। डिलाशैनी युवा सञ्जाल(एसएनएस—२४) ले घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका ७–मनेकुडाकी कुमारी ऐरलाई आर्थिक सहयोग गरेको छ ।

एसएनएस—२४ ले घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी कुमारी ऐरलाई आर्थिक सहयोग गरौं अभियान सुरुगरी १५ हजार रुपयाँ उनका दाईको कुमारी बैंकको खातामा जमा गरेको एसएनएस—२४ का अध्यक्ष राजेन्द्र धामी (राधा) ले बताए ।

pm office

नेपाल,भारत,जापान तथा अन्य विभिन्न देशमा रहेका नेपालीहरुबाट सो रकम संकलन गरिएको उनले बताए । ऐरलाई उपचारका लागि आर्थिक अभाव भएको खबर पाएपछि हामीले देश विदेशमा रहेका सबै बन्धुहरुलाई सहयोगको आग्रह गरेका थियौं,’ उनले भने, ‘देश विदेशमा रहेका सबैले सक्दो सहयोग गरे, अझै पनि हामी अन्य सहयोगी मनहरुमा अनुरोध गरिरहेका छौ ।’

यसैगरी सञ्जालले सहयोगी मनहरुलाई सहयोग गर्नका लागि अनुरोध गर्नुका साथै ऐरको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

एसएनएस—२४ सञ्जालले विभिन्न रोगबाट पीडित बिरामीहरूलाई विगतमा पनि आर्थिक सहयोग र समाजसेवा क्षेत्रमा काम गर्दै आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.