No.1 News Portal from Sudurpashchim Province
bajaj

सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता

गोकुलेश्वर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० का कर्मचारीहरू सवार गाडी सुनकोशी नदी खस्दा तीन जना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका—७ लौकुनको ओरालोमा दुर्घटना हुँदा नदीमा खसेको हो ।

pm office

जिपमा चार जना सवार रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुने कर्मचारीमा कृष्णबहादुर केसी, यमप्रसाद भुतेल र भानु पौडेल रहेका छन्। उनीहरू सबै अधिकृत स्तरको कर्मचारी रहेको प्रहरीको भनाइ छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.