गोकुलेश्वर। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले बजेट नल्याउन्जेलसम्म अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका छन्।

बिहीबार बसेको नीति तथा योजना आयोगको बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकार मन्त्री, लोकसेवा आयोग, नीति तथा योजना आयोग, मन्त्रालयका सबै सचिव र मन्त्रालय मातहतका कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्य नहुन्जेसम्म योजना सम्बन्धी अनावश्यक भेटघाट निर्देशन दिएका हुन्।
यस अगाडिका सरकारले बजेटको मुखमा अनावश्यक भेटघाट गर्ने हुँदा बजेट चलखेल हुने आरोप लागेकाले यसपटक त्यस्तो हुन नदिन मुख्यमन्त्री शाहले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
प्रदेश सरकारले गत जेठ १३ गतेदेखि आगामी वर्षको बजेटका लागि प्रदेशसभामा छलफल गरिरहेको छ।
