गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग सुझाव मागेका छन् ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरीरहेका बेला आर्थिक मामिला मन्त्री शाहीले पूर्व बजेट छलफलका लागि पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग सुझाव माग्नुका साथै बजेट बारे छलफल गरेका हुन् ।
पूर्व आर्थिक मामिला मन्त्रीहरु,झपड बोहोरा,प्रकाश शाह,तारालामा तामाङ र प्रकाश रावललाई मन्त्रालयमा बोलाई आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफल संगै बिगतका बजेटको समिक्षा सुझाव संकलन गरेका छन् ।




