No.1 News Portal from Sudurpashchim Province
bajaj

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको सुझाव

गोकुलेश्वर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् ।

pm office

आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।

छलफलमा सहभागी नेताहरुले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । त्यस्तै राष्ट्रिय हितलाई सर्वोपरी राखेर आत्मविश्वासका साथ भ्रमण पूरा गर्न सुझाव दिएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालसँग भएको प्रमाणका आधारमा सीमा समस्याका बारेमा प्रष्ट धारणा राख्न सुझाव दिएको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.