No.1 News Portal from Sudurpashchim Province
bajaj

माओवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी

गोकुलेश्वर।नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी (सन्तोष) नियुक्त भएका छन् ।

pm office

माओवादी संसदीय दलका नेता खगराज भट्टले धामीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। सुदूरपश्चिमका पूर्व वनमन्त्री समेत रहेका धामी दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

धामीलाई माओवादीले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.