गोकुलेश्वर। सुदूरपश्चिमका प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेशमा कार्यरत बैङ्क तथा वित्तीय संस्थाहरू प्रमुख तथा प्रतिनिधिहरू सँग सुझाव मागेका छन् ।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा गरिबी निवारण तथा आर्थिक उत्थानसँग सम्बन्धित चुनौती तथा समस्या सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २०८०/८१ को पूर्व बजेट छलफल तथा सुझाव सङ्कलन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश भित्र काम गर्ने सम्पूर्ण बैङ्कहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रम आर्थिक मामिला मन्त्रालय र राष्ट्र बैङ्कको संयुक्त आयोजनामा गरिएको थियो ।
प्रदेशको गरिबी निवारण सँगै सुदूरपश्चिम प्रदेशको समृद्धिमा बैङ्क तथा वित्तीय संस्थाहरुको भूमिका के हुन सक्छ र सुदूरपश्चिम प्रदेशले ल्याउने नीति तथा कार्यक्रमको विषयमा अग्रिम सुझाप समेत मन्त्रालयले मागेको छ ।
कार्यक्रमका अधिकांश सहभागीले पर्यटन, कृषि र जलविद्युतलाई पहिलो प्राथमिकता राखेर नीति तथा कार्यक्रम निर्माण गर्नु पर्ने सुझाप दिएका छन् ।
कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाका साथै बैङ्क तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।



