गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीको आयोजनामा (आज) मंगलबारदेखि पाठेघर खसेका महिलाहरुको लागि निःशुल्क सल्यक्रिया शिविर सञ्चालन भएको हो ।
शिविरमा ८ जना पाठेघर खसेका महिलाहरुको निःशुल्क सल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा बैसाख ८ गतेसम्म विशेषज्ञ चिकित्सकद्धारा पाठेघर खसेका महिलाहरुको निःशुल्क सल्यक्रिया गरिने छ ।
पाठेघर खसेका महिलाहरुले शिविरबाट लाभ लिन अस्पतालले आग्रह गरेको छ ।



