बझाङ। जिल्लाको जयपृथ्बी नगरपालिका —११ को वडा स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका वडा नमबर ११ को आयोजना तथा प्रगतीशिल युवासमाज /वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो ।
बाल संरक्षण परियोजना अन्र्तगत स्थानीय सरकारको योजना निर्माणमा बालबालिकाको सहभागीता गरार उनीहरुको माग सम्बोधन गरिनुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विषय बस्तुको बारेमा जानकारी गराउँदै फिल्ड अधिकृत बिनोद थापाले योजना निर्माण गर्दा बालबालिकालाई अनिवार्य सहभागीता गराउनुपर्ने प्रावधान रहेकाले स्थानीय सरकाले उक्त कुरामा ध्यान दिँदै यस्ता योजनन निर्माण गर्दा बालबालिकाको सहभागीता अनिबार्य गर्नुपर्ने र माग सम्बोधन गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा जयपृथ्बी नगरपालिका —११ का वडा अध्यक्ष सर्जन बहादुर थापाले आफु निर्बाचित भैसकेपछि बालबालिकाको हक अधिकारको क्षेत्रमा गम्भिर रहेको बताए ।
साथै उहाँले आफुले योजना निर्माण गर्दा बालबालिकालाई नछुटाउने र उनीहरुको हक अधिकारको लागी आफु सम्म पुगेका बालबालिकाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जयपृथ्बी नगरपालिका—११ का वडा अध्यक्ष सर्जन थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सामाजिक परिचालक राम बहादुर सार्किले सञ्चालन गरेका थिए ।
कार्यक्रममा वडा सचिव कबिन्द्र बुढा,वडा सदस्य पदम राज जोशी वडा नम्बर ११ का बाल क्लब सञ्जालका ३० जना बालबालिकाको उपस्थित रहेका थिए ।
