बझाङ।जिल्लाको जयपूथ्बी नगरपालिकाका जनप्रतिनिधिले निर्वाचित भएको एक वर्षको अवसरमा आफुले गरेका कामहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
आज (सोमबार) जनप्रतिनिधिहरुले नगरपालिका भित्र रहेका समस्यालाई आफु निर्वाचित भएको दिन देखि आजको दिनसम्म सम्म गरेका कामको सार्वजनिक गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा भएको छ ।
निर्वाचित भएको एक वर्षमा गरेका विकास निर्माणका काम क्रियाकलाप जनसमुदाय सम्म पुगाउनको लागि पत्रकार सम्मेलनको आयोजना गरेको नगर प्रमुख चेतराज बजाल बताए ।
आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार धेरै जस्तो कामहरु सम्पन्न गर्न सफल भएको बताए । आफु निर्वाचित भएको एक वर्षमा गरेका कामहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

२०७८सालमा असोजमा आएको वेमौसमी बाढीले पुर्याएका सडक पुल र खानेपानी मर्मत सम्भार गरेको विकास निर्माणको कामलाई छिटो छरितो तरिकाले सम्पन्न गर्न नगरपालिकाले जेसिबी खरिद गरेको उनले बताए ।
यस्तै जिल्लामा रहेको मुख्य समस्याको रुपमा रहेको स्वास्थ्य अवस्थालाई सुधार गर्न नगरपालिकाले एमबिबिएस पढाउने कार्यक्रमको थालनि गरेको छ । महिलाहरुको समस्यालाई सामाधान गर्ने महिला विकास समिति गठन गरेको छ ।विभिन्न विद्यालयको फिल्ड निर्माण गरेको र चोरीका घटना कम गर्न सदरमुकाम चैनपुर बजार सिसि क्यामरा जडान गरिएको छ ।
बाढी पहिरो प्रभावित भएको घर धुरीको पून निर्माण,पून स्थापनाको लागि रकम निकासा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिक कार्यालयमा पेस गरेको र बिकास निर्माणलाई गति दिन प्रदेश र संघीय सरकारसंग समन्वय र सहकार्य गरेको नगर प्रमुख बजालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
पत्रकार सम्मेलन मार्फत नगरपालिकाको बिकास को लागि पत्रकारले दिएका सुझाव सल्लाहलाई लिएर आगामी वर्षमा नगरको बिकास गर्न ठूलो सहयोग हुने उनले बताएका छन् ।
अबको बजेटमा नगरपालिकाको शिक्षा स्वास्थ्य खानेपानी यातायात कृषि उद्योग लगायतका क्षेत्रमा नगरपालिकाको बजेट विनियोजन गर्ने नगर प्रमुख बजालले पत्रकार सम्मेलन मार्फत बताए ।



