बझाङ। जिल्लाको जयपूथ्बी नगरपालिकामा विकासका सम्भावना र चुनौती विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (आइतबार) नगरपालिकाको सभाहलमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यसाला गोष्ठीमा जयपूथ्बी नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विकासका सम्भावना तथा चुनौतीहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।
विकासका सम्भावना तथा चुनौती विषयकमा कार्यशाला गोष्ठीमा विभिन्न नौ वटा बुँदामा सम्भावना तथा चुनौतीका विषयमा आपनो कार्यसाला कार्यालय प्रमुख तथा प्रतिनिधिहरु प्रस्तुत गरेका हुन् ।
नगरपालिका भित्र रहेका विकास निर्माण तथा चुनौतीहरुमा कसरी अगाडि बढाउने भन्ने उद्देश्यले यो कार्यशाला गोष्ठीको योजना रहेको नगरपालिका उपप्रमुख रतन बहादुर सिंले बताए ।

आगामी आर्थिक वर्षमा नगरपालिकाको बिकास निर्माण गर्ने सजिलो हुने उद्देश्यले यो कार्यशाला गोष्ठी सन्चालन भएको नगर प्रमुख चेतराज बजालले बताए ।
कार्यक्रममा नगरपालिका भित्र रहेका विकास निर्माण तथा चुनौतीका विषयमा छलफल गरेरनगरपालिकालाई सफा सुग्घर बनाउन सजिलो होस् भनेर बिषयगत कर्मचारीबाट सुझाव सल्लाह लिएर आर्थिक वर्षको बजेट विनियोजन गर्ने नगर प्रमुख बजालको भनाई छ ।
शिक्षा,स्वास्थ्य,खानेपानी ,यातायात ,कूषि लगायतका क्षेत्रमा नगरपालिकाको प्रमुख एजेन्डा बनाएर बजेट विनियोजन गर्ने उनले बताए । जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले पनि नगरको विकासलाई यो कार्यशाला गोष्ठीले धेरै ठूलो सहयोग गर्ने बताएका छन् ।
नगरको विकासको लागि विभिन्न वडाको सडक,शिक्षा,स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा काम गर्न नगरपालिकालाई पत्रकार महासंघका पूर्व अध्यक्ष जगत खड्काले सुझाव सल्लाह दिएका थिए।
नगरको विकासको लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने उनले बताएका छन् । यो कार्यशाला गोष्ठीले नगरपालिकाको विकास तथा चुनौतीका सम्भावनालाई निकै ठूलो सहयोग हुने पत्रकार महासंघका पूर्व अध्यक्ष खड्काले बताए ।



