No.1 News Portal from Sudurpashchim Province
bajaj

भ्रष्टाचारविरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमको प्रदर्शन

गोकुलेश्वर। युवा संघ नेपाल सुदूरपश्चिम र अनेरास्ववियूले भ्रष्टाचारविरुद्ध धनगढीमा प्रदर्शन गरेको छ ।

आज (आइतबार) नेपालीहरुलाई नक्कली भुटानी बनाएर अमेरीका पठाउने गीरोहलाई कार्वाहीको माग गर्दै प्रर्दशन गरेको युवा संघ नेपालका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको उनले बताए ।

pm office

भ्रष्टाचार विरुद्ध युवा संघ र अनेरास्ववियूले धनगढीको पार्कमोड देखी एलएनचोक सम्म प्रर्दशन गरिएको हो । भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।

नाराबाजीपछिको कोण सभालाई सम्बोधन गर्दै नेकपा(एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीका उप–सचिव दीर्घ जोशीले भ्रष्टाचारीलाई कुनैपनी बाहनामा उम्कन नदिन माग गरेका छन् । सरकारले व्यक्त गरेको शाहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने उनले बताए ।

युवा संघ नेपालका प्रदेश सचिव मोहन साउँदले सञ्चलान गरेको कार्यक्रममा अनेरास्वीयू कैलाली संयोजक रमेश बोहराले मन्तव्य राखेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.