No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम अर्थ मन्त्रालयले आगामी बजेटका लागि सार्वजनिक रुपमा सुझाव आह्वान गर्‍यो

गोकुलेश्वर। सुदूरपश्चिम सरकारले आगामी बजेटका लागि सार्वजनिक सुझाव आह्वान गरेको छ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै सुझाव आह्वान गरेको हो ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले संघीय संरचनामा बीचको भूमिकामा रहेको प्रदेश सरकारका बजेट जनतासँग प्रत्यक्ष नजोडिएको गुनासो आइरहेकाले सार्वजनिक रुपमा सुझाव आह्वान गरेको बताए ।

pm office

‘बजेटलाई आमजनको आवश्यकता र चाहनासँग जोड्नका लागि हामीले सूचना प्रकाशित गरेका छौं। ती सुझावलाई मनन गरेर बजेट बनाउनेछौं,’ मन्त्री शाहीले भने ।

सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र मन्त्रालयमा वा अनलाइनमार्फत् उपलब्ध गराउने सकिने बताइएको छ ।अनलाइनमा सुझावहरू पठाउन मन्त्रालयको वेवसाइट www.moeap.sudurpashchim.gov.np को ‘बजेट सुझाव’ मेनुमार्फत् वा मन्त्रालयको इमेल [email protected] मा समेत पठाउन सकिने बताइएको छ।

यसअघि मन्त्री शाहीले स्थानीय सरकारका आवश्यकतामा प्रदेश सरकारले बल पु¥याउने गरी बजेट निर्माण गर्नेगरी समन्वय गरेका छन् । स्थानीय सरकारबाट बजेटका लागि आयोजना सिफारिस गराइएको छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.