No.1 News Portal from Sudurpashchim Province
bajaj

भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन

गोकुलेश्वर । नक्कली भुटानी शरणार्थी काण्ड लगायतका भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन भएको हो ।

pm office

नक्सालमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायतका व्यक्ति सहभागी भएका छन् । यस्तै, नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविरोधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका छन् ।

प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताउनु भयो ।

उहाँले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताउनु भयो । प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न रहेको बताउनु भयो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.