No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली करिडोरभित्र रुख काट्न अनुमतिः बन्द भएको काम पुनः सुचारु

गोकुलेश्वर । महाकाली करिडोरभित्र एक हजार ९५५ रुख काट्न दिने निर्णय भएको छ। यस्तो निर्णय भएसँगै कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म महाकाली करिडोर सडक निर्माणको काम अघि बढेको छ। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि उत्तर कञ्चनपुरको क्षेत्रमा यसअघि अवरुद्ध भएको महाकाली करिडोरको काम सुरु भएको छ।

तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको सीमा कौवानीसम्म करिब ११ किलोमिटर सडक विस्तारका लागि ठेक्का भएको थियो। सडकमा पर्ने रूख कटानीको आदेश नपाएपछि काम रोकिएको थियो। आर्थिक वर्ष २०७७र७८ मा दिवा सन्नीदेव जेभीले महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवदेखि कौवानीसम्म ११ सहित त्योभन्दा पर १५ किलोमिटरसम्म ट्रयाक खोल्नका लागि ठेक्का पाएको थियो।

pm office

सडकमा पर्ने रूख काट्न अनुमति नपाएपछि रोकिएको काम वैशाख दोस्रो सातादेखि पुनः सुरु भएको छ। १५ फागुन २०७९ मा साना ठूला गरी सडकमा पर्ने एक हजार ९५५ रूख काट्न दिने निर्णय भएसँगै सडक विस्तार कार्य अघि बढेको महाकाली राजमार्ग ९ब्रह्मदेव–झुलाघाट–टिंकर सडक० योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताए।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत पोलसहित सात सय ९३ रूख र सिद्धनाथ सामुदायिक वनअन्तर्गत पोलसहित एक हजार एक सय ६१ रूख काट्न अनुमति प्राप्त भएको छ। कञ्चनपुर खण्डमा पर्ने रूख काट्ने अनुमति पाएसँगै सडक निर्माण कार्य अघि बढेको छ।

सडक योजना प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेव जिरो प्वाइन्टदेखि उत्तर डडेल्धुरासम्म ११ किलोमिटर सडक विस्तार गरिने बताए। महाकाली नदी किनारैकिनार कञ्चनपुर–दार्चुला जोड्ने उक्त सडक झन्डै डेढ दशकअघि सुरु भएको थियो। कञ्चनपुर खण्ड भने रूख कटानी अनुमतिविना रोकिएको थियो।

योजना प्रमुख जोशीका अनुसार ब्रह्मदेवदेखि उत्तर तुसरपानीसम्म ३३४ किलोमिटर सडक आयोजना र त्यहाँदेखि उत्तर तिंकरसम्म ९१ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ। महाकाली करिडोरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्न ब्रह्मदेवदेखि दक्षिण महाकाली पुलसहित सुक्खा बन्दरगाहसम्म थप १५ किलोमिटर सडक विस्तारका लागि मन्त्रालयमा फाइल पेस गरिएको छ। अहिलेसम्म डडेल्धुरा र दार्चुला गरी झन्डै ३८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.