No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते

गोकुलेश्वर। दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छभने २ जना घाइते भएका छन् ।

pm office

जिल्लाको शैल्यशिखर नगरपालिका—३ दार्माका १५ वर्षीय नरेश खत्रीको (हिजो) सोमवार करिब बेलुकी ५ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर घाइते हुनेमा सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री रहेका छन् । मीना र मृतक नरेश आमा छोरा रहेका छन् ।

चिउरी रुखमा चट्याङ परेको थियो । रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.