गोकुलेश्वर। कैलालीको धनगढी उपमहानगरपालिका—२ मा चौराहामा अत्याधुनिक नेप एटुजेड सोलुसन प्रा.लि. सञ्चालनमा आएको छ ।
बाबुराजा श्रेष्ठ,शक्ति रोय र नरेश शाहको संयुक्त लगानीमा सञ्चालनमा आएको उक्त प्रा.लिको आइतबार एक कार्यक्रमका बीच पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् ।
नेप एटुजेड सोलुसनमा घर निर्माणका लागि आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरू उपलब्ध रहेको बताइएको छ । घर बनाउँदा चाहिने सम्पूर्ण बिल्डिंगको सामग्री, इन्टेरियर,एक्सटेरियर, एप्रोक्सी फ्लोरिङ,पल्मबिङ,वाइरिङ, घरजग्गा खरिद–बिक्रि, गाडि बुकिङ, होम–अफिस डेकोरिङ लगातका सामग्रीसँगै परामर्श सेवा समेत उपलब्ध रहेको सञ्चालक बाबुराजा श्रेष्ठले बताए ।

घर बनाउँदा लगायत अन्य कार्यको लागि सामान किन्न विभिन्न ठाउँहरू धाउन पर्ने बाध्यता रहेको अहिलेको अवस्थामा ग्राहकको समय बचत गरी गुणस्तरीय निर्माण सामाग्री एकै ठाउँबाट उपलब्ध गराउने उक्त प्रा.लिको मुख्य उद्देश्य रहेको छ ।
साथै सो कार्यका लागि स्थानिय दक्ष जनशक्तिलाई आवश्यक रोजगार सृजना गर्ने र घरमा आइपर्ने स—साना समस्या देखि सबै अत्याधुनिक मेसिनको प्रयोग गरि घर, अफिस सफा गर्ने सेवा पनि उपलब्ध हुने जानकारि सञ्चालक श्रेष्ठले बताए ।
यी सेवाहरु सेवाग्राहीको आवस्यकता अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा उपलब्ध हुने छन् ।




