गोकुलेश्वर। दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी मृत्यु भएका तीन जनाको शव सदरमुकाम खलंगा ल्याइएको छ ।
(आज) शुक्रबार दुँहु गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरकी ४५ वर्षीया नक्कीडोमा थापाको शव सदरमुकाम खलंगा ल्याइएको हो ।
उनीहरुको शव भारतीय सडक मार्ग प्रयोग गरेर सदरमुकाम खलंगा ल्याइएको हो । हिमपहिरोमा परी हराएका बाँकी दुई जनाको अवस्था अझै अज्ञात छ ।

हिमपहिरोमा बेपत्ता डोटीको जोरायल गाउँपालिका—२ बुडरका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै अज्ञात छ । ईश्वरी र क्षिमीसोमो नाताले फुपू–भदै हुन । उनीहरु एक साताअघि मात्रै यार्सागुम्बा संकलनका लागि छाङरु पुगेका थिए ।
मंगलबारदेखी सशस्त्र प्रहरीको टोली खोजी कार्यमा छ । तर, निरन्तरको वर्षा र हिमपातले खोजी कार्य प्रभावित भइरहेको छाङरुस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताए ।





