No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामी उद्योग वन तथा वातावरण मन्त्रीमा नियुक्त

pm office

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल विस्तार गरेको छ । उद्योग वन तथा वातावरण मन्त्रीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामी नियुक्त भएका छन । उनी दार्चुलाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट निर्वाचित भएका थिए ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका छन् ।

यस्तै सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

तत्कालीन नेकपामा विवादपछि मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पदमुक्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.