गोकुलेश्वर। दार्चुलाको महाकाली नगरपालिका–४ तिङ्करखेडाका मानसिक सन्तुलन बिग्रेका बहादुर सिंह तिङ्करीले ढुङ्गाले हानेर होटल व्यवसायी सुन्दर सिंह धामीको टाउको फुटालेका छन् ।

(आज) शुक्रबार महाकाली नगरपालिका–४ तिङ्करखेडाकास्थित पिललबोट नजिक होटल व्यवसाय गरिरहेका धामीलाई मानसिक सन्तुलन बिग्रेका तिङ्करी ढुङ्गाले हानेर टाउको फुटालेका हुन् ।
बिहानै होटलमा समौसा माग्न पुगेका तिंकरीलाई होटल साहू धामीले दोस्रो चोटी समौसा दिन इन्कार गर्दा उनीमाथि ढुङ्गा होनेर आक्रमण गरेका हुन् । धामीको निधारमा चोट लागेको छ । उनी अहिले जिल्ला अस्पताल दार्चुलामा उपचाररत छन् ।
तिंकरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । आजभन्दा करिब २०/२५ दिन अगाडी जिल्ला प्रहरी कार्यालय नजिक पनि यिनै मानसिक सन्तुलन बिग्रेका तिंकरीले होटलको भान्सामै छिरेर चियानास्ता माग्दा साहूले बाहिर पठाउन खोज्दा सडक पेटीबाट ठूलो ढुंगा समातेर आक्रमणको प्रयास गरेका थिए ।



