No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरका अर्थ मन्त्री शाही योजना तर्जुमा छलफल गर्न बाजुरा आउँदै, यस्तो छ कार्यतालिका

गोकुलेश्वर।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बाजुरा आउदै छन् । मन्त्री शाही (आज ) शुक्रबार हवाई जहाज मार्फत नेपालगञ्ज हुँदै बाजुरा आउँदै छन् ।

जिल्लाका निर्वाचन क्षेत्र (क) र (ख) का नौवटै स्थानीय तहका जनप्रतिनिधि,स्थानीय,जनबर्गिय संगठनका पदाधिकारी लगायत विभिन्न पार्टी प्रतिनिधिसंग योजना छनोट प्राथमिताकाबारे छलफल कार्यशाला गोष्ठी गर्न बाजुरा आउन लागेका मन्त्री शाहीका प्रेस सल्लाहकार अनिल शाहीले बताए ।

प्रेस सल्लाहाकार शाहीका अनुसार वैशाख २२ गते दिउँसो १ बजे कोल्टीको ईकोभीलेजमा पार्टीका जिल्ला कमिटीका पदाधिकारी,पालिका कमिटी तथा जनबर्गिय संगठनका पदाधिकारी संग भेटघाट गर्ने छन् । त्यस्तै सोही दिनको साँझ ४ बजे अन्य पार्टीका प्रतिनिधिसंग भेटघाट गर्ने छन् ।

pm office

वैशाख २३ गते बिहान ८ बजे बुढीनन्दा नगरपालिकाको सभाहल कोल्टीमा कुण्डा क्षेत्रमा रहेका विद्यालयका प्रधानाध्यापकसंग शिक्षा क्षेत्र सुधारका लागि सुझाव संकलन तथा छलफल गर्ने छन् ।

सोही दिन दिउँसो प्रदेश निर्वाचन क्षेत्र अर्तरगतका स्थानिय तहका प्रमुख,स्थानीय,विभिन्न राजनितिकदलका प्रमुख प्रतिनिधि,सरोकारवाला निकायसंग योजना तुर्जमा गोष्ठि सञ्चालनमा सहभागि हुनेछन् । वैशाख २४ गते पाण्डुसैनमा मतदाता संग भेटघाट संगै साझँ मार्तडी बास बस्ने छन् ।

त्यस्तै वैशाख २५ गते बिहान ११ बजे जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपालिकाका तथा गाउँपालीकाका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा विभिन्न पार्टीका प्रतिनिधिसंग योजना तर्जुमा बारे छलफल गर्ने छन् ।

मार्तडीमा छलफल सकेर सोही दिन साझँ साफेँबगर अछाममा बास बस्ने र वैशाख २६ गते बिहान धनगढी फर्किने छन् ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.