No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीले ५४ लाखमा खरिद गरेको ब्याक लोडर एक महिनामै बिरामी

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडर खरिद गरेको ब्याक लोडर एक महिनामै बिग्रिएको छ । गाउँपालिकाले ५४ लाखको लागतमा खरीद गरिएको ब्याक लोडर एक महिनामै बिग्रिएको हो । 

अहिले ब्याक लोडर मर्मत गर्न धनगढीको ग्यारेजमा छ । ५४ लाखमा खरिद गरेको ब्याक लोडर १ महिनामै बिग्रिएपछि गाउँपालिकाको चर्को आलोचनाले बजार तातेको छ ।

pm office

ब्याक लोडर खरीदमा कमीसनको खेल भएको आरोप समेत लागेको छ । एक महिनामै बिग्रने नयाँ कम्पनीको ब्याक लोडर खरीदमा कमीसनको खेल भई राज्यको रकमको दुरुपयोग भएकोे नेपाली कांग्रेसका डिलाशैनी सभापति जयानन्द जोशी जयराजले बताए ।

 यसरी महिना दिनमै धनगढी ग्यारेजमा ब्याक लोडर थन्किएको भन्दै स्थानीयहरुले आपत्ती जनाएका छन् ।

गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले ब्याक लोडरमा समस्या देखिएपछि आफूहरुले कम्पनीलाई जेसीबी दिनुपर्ने माग राखेको बताए ।‘खरीद गर्ने बेलामा राम्रो मेसिन भनियो । पछि केही दिनमै मेसिनमा समस्या आयो ।’,उनले भने,‘बिग्रिएको ब्याक लोडर अहिले भने मर्मत भइसकेको छ । कम्पनीलाई जेसीबी मेसिन दिन आग्रह गरेका छौं ।’

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.