गोकुलेश्वर।सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका योजना छनोट वडाबाटै गर्ने नीति लिएपछि यतिबेला दार्चुलामा योजना छनोटको चटारो सुरु भएको छ ।
प्रदेश सरकारले नयाँ तरीका अपनाउँदै स्थानीय,जनप्रतिनिधि,प्रदेश सभा सदस्य,सबै राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूको सहभागितामा वडा स्तरबाटै प्रदेश सरकारमार्फत सञ्चालन हुने योजना छनोटका लागि जिल्लामा कार्यशाला गोष्ठी भइरहेका छन् ।
विगतका वर्षहरुमा सरकारले सबैै योजना प्रदेशमै फोन,चिट,एसएमएसका भरमा छनोट गर्ने र टाठाबाठाले भनसुन गरेरका योजना मात्र समेटिने गरेको र सोहि योजानाहरु आफुले दिएको भन्दै विचौलियाहरुले कमिसन माग्ने गरेको भन्दै गुनासा आए पछि प्रदेश सरकारले योजना छनोट प्रक्रियालाई नयाँ तरीका अपनाएको हो ।
प्रदेश सरकाले वडाबाटै आएका योजनालाईमात्र प्राथमिकता दिने नितिलिए पछि अहिले दार्चुलाको दुबै प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यहरु योजना छनोटतिर गर्नमा जुटेका छन् ।

प्रदेशमा योजना माग्नेहरु बैशाख महिनाको पहिलो साताबाट धनगढीका होटलहरु खचाखच भरीने गरेको भएपनि यो वर्षमा भने धनगढीका होटेलहरु सुनसान छन् । विगतका वर्षहरुमा यतिबेला प्रदेशमा योजना माग्नेहरुको बाक्लो भिड हुन्थ्यो ।
१२ बैशाखमा आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को वार्षक बजेट तथा कार्यक्रम तर्जुमा प्रणालीलाई मागमा आधिारीत, मितब्ययी, अनासासित, कार्यन्वयन योग्य तथा नतिजा मुखी बनाउनका लागि प्रदेश मातहतका निकायलाई योजना तर्जुमा गर्नु भन्दै निर्देशन गरीसकेको थियो ।
सोही निर्देशन अनुसार यतिबेला प्रदेश सभा सदस्यहरु समेत आफ्नो निर्बाचन क्षेत्रमा योजना तर्जुमाका लागि लागिपरेका छन् । प्रदेश सभामा ल्याउने योजनाहरु छनोटका लागि आफुहरु जिल्लाका निर्वाचन क्षेत्रमा गएर योजना तर्जुमा गरीरहेको दार्चुला प्रदेश सभा (क)सांसद बिक्रम धामीले बताए । त्यस्तै प्रदेश सभा (ख) का सदस्य मानबहादुर धामीका अनुसार आफुहरु योजना तर्जुमाका लागि जिल्ला केन्द्रीत भईसकेको समेत बताए ।
प्रदेशले योजना तर्जुमा गर्ने नयाँ तरीका लाएपछि आफुहरु निकै खुसिभएको यहाँँका स्थानीय बताउँछन् । ‘विगतका दिनहरुमा कुन बेला कति र कसका योजना छनोट हुन्थ्ये कसैलाई थाहाहुदैन थियो । असारमा एकै पटक रातो किताबमा आएपछि मात्र थाहा हुन्थ्यो ।’, स्थानीयहरुले भने,‘यो प्रक्रियाले निकै उत्साह ल्याएको छ । अब कार्यन्वयनमा ध्यान दिनु पर्छ । प्रदेश सरकारले विगतका दिनमा भन्दा राम्रो कार्यको सुरुवात गरेको छ । अब वास्तविक गाउँमा हामीहरुले मागेका योजनाले प्राथमिकता पाउने भए अब बल्ल जनताको सरकार भएको अनुभुति हुने भएको छ ।
प्रदेश सरकाले नयाँ सिस्टम बसाल्न खोजेको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बताए ।‘हामीले गर्ने सबैै कामहरु जनताका पक्षमा हुनु पर्छ ।हामी कसैले स्वार्थ भावले काम गर्नु हुदैन ।,’उनले भने,‘जनतालाई प्रदेश सरकारको अनुभुति गराउनु हाम्रो पहिलो कर्तब्य हो । हामिले जनताका आवश्यकतालाई मध्यनजर गर्दे जनताका पक्षमा काम गर्नु पर्छ । विगत कसले के गरे त्यो भन्दा पनि हामीले प्रदेशमा थिती बसाउन खोजेका छौं ।’



