No.1 News Portal from Sudurpashchim Province
bajaj

हिमपहिरोमा बेपत्ता तीन जनाको शव भिरमा भेटियो

गोकुलेश्वर। दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ मध्ये ३ जनाको शव अक्करे भिरमा अड्किएको अवस्थामा देखिएको छ ।

पहिरो गएको स्थानबाट करिब ५ सय मिटर तल ३ जनाको शव भीरमा अड्किएको देखिएको र खोँचमा झार्ने प्रयास भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप धामीले जानकारी दिए ।

pm office

हिजो दिउसो हिमपहिरो खस्दा ५ जना हराइरहेका थिए। भीरमा देखिएका ३ शव मध्ये एउटा दार्चुलाकै दुँहु गाउँपालिका–४ पोक्सीका १८ वर्षीय प्रविण कुँवरको भएको खुलेको छ। उनी आमासँग यार्सा टिप्न उक्त लेकतर्फ उक्लिएका थिए। ४ महिला र एकजना पुरुष पहिरोपछि बेपत्ता भएका थिए ।

भारी वर्षा र हिमपातका कारण छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्म र सीतापुलमा रहेको नेपाल प्रहरीको टोली ढिलोगरी आज त्यहाँ पुगेको छ ।

एउटा टोली भिरमा माथि चढेको छ। अर्को तल खोँचमा बसेको छ। डोरीको सहायताले शव झिक्ने प्रयास भइरहेको त्यहाँ रहेका एक सशस्त्र प्रहरीले जानकारी दिए । हिमपहिरोमा बेपत्ता हुने सबै यार्सागुम्बा संकलक हुन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.