No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला हिमपहिरो : अध्यारोमा उद्धार गर्न कठिनाइ,सुरक्षाकर्मीको टोली गाँगा फर्कियो

गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा पुरिएकाहरुको उद्धारका लागि गएको टोली फर्किएको छ। हिमपातले उद्धार कार्य कठिन भएपछि टोली छाङरुको गाँगा झर्न लागेको हो।

‘निरन्तर हिमपात छ, घटनास्थलमा जान सकिने अवस्था छैन,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अहिले राति पनि भयो, हामी गाँगा झर्दैछौँ ।’ प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ पुरुष र एक महिला बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा ४ जना डोटीको बुडर र एक जना दार्चुलाकै दुँहु गाउँपालिका–पोक्सीका छन् ।

pm office

उनीहरुको पूर्ण परिचय भने खुलेको छैन । उद्दारका लागि सशस्त्र प्रहरीका डीएसपी इश्वरी भट्ट नेतृत्वको टोली र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । टोली फर्किरहेको र केही समयमा गाँगा पुग्ने सशस्त्र प्रहरीको ५० नं. गुल्म छाङरुले जनाएको छ। यार्सागुम्बा संकलन गर्न गएका १२ जनामध्ये ५ जना हिम पहिरोमा परेका हुन ।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस हिमपहिरोमा परेको थिए । यार्सागुम्बा संकलन गर्न गएका अन्य ७ जना भने सकुशल रहेको उद्दारका लागि पुगेको टोलीले खबर गरेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा ५ फीट जति हिउ परेको र अध्यारो भएकाले उद्धारमा कठिनाइ भएपछि टोली फर्केको सशस्त्र प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.