No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको हिमपहिरो अपडेट : ४ महिलासहित ५ बेपत्ता, ७ जना सम्पर्कमा

गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका—१ छाङरुस्थित भोलिनमा गएको हिम पहिरोमा परेर हराइरहेका १२ मध्ये ७ जना सम्पर्कमा आएका छन ।

५ जना अझैँ सम्पर्कमा आएका छैनन् । ती मध्ये ४ महिला र एक जना पुरुष छन् । उनीहरु यार्सागुम्बा संकलन गर्न उक्त क्षेत्रमा गएका थिए ।

pm office

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको बताइन। ‘७ जना हाम्रो सम्पर्कमा आइसक्नु भएको छ, बाँकी ५ जना मिसिङ हुनुहुन्छ, खोजि गरिरहेका छौँ,’ उनले भनिन् ।

यार्सागुम्बा संकलन गर्न गएकाहरु हिम पहिरोमा परेका थिए । आज दिउसो करिब साढे ३ बजेतिर हिमपहिरो गएको थियो। छाङरुको गाँगाबगरबाट सशस्त्र प्रहरीको ५० नं. गुल्मबाट डिएसपी ईश्वरीदत्त भट्टको कमाण्डको टोली पहिरोग्रस्त क्षेत्रमा पुगेको हो । 

 यस्तै सीतापुलबाट पनि नेपाल प्रहरीको टोली त्यस क्षेत्रमा पुगेको छ । यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेका थिए। सुरक्षाकर्मीहरु दुई÷तीन घण्टा लगाएर त्यहा पुगेका हुन ।

व्याँस गाउँपालिकाको छाङरु र तिंकरलगायतका स्थानहरुमा तीन दिनदेखि हिमपात भइरहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.