No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको व्याँसमा हिमपहिरो

केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका

गोकुलेश्वर। दार्चुलामा हिमपहिरो गएको छ । जिल्लाको व्याँस गाउँपालिका—१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोबाट यार्सागुम्बा टिप्न गएका केही व्यक्ति प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

pm office

नाम्पा हिमाल नजिकको क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीय बसोबास रहेको क्षेत्रमा हिमपहिरो गएको हो । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/१० जना त्रिपाल टाँगेर बसेका थिए । केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा उक्त क्षेत्रतर्फ करिब ३० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको बताइएको छ ।

आधा घण्टाअघि उद्धार टोली घटनास्थलतर्फ हिँडेको र उनीहरू पुगेपछि क्षतिबारे थाहा हुने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.