No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडी प्रदेश सभा क्षेत्र नम्बर १ को योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

गोकुलेश्वर। बैतडी प्रदेश सभा क्षेत्र नं १ का प्रदेश सभा सदस्य सुरेन्द्र पाल र प्रदेश सभा सदस्य जानकी ऐर बमको सहभागितामा आगामी आर्थिक वर्षमा प्रदेश सरकारमार्फत प्रदेश सभा क्षेत्र नं.१ मा सञ्चालन हुने योजनाका बिषयमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

pm office

आज (सोमबार) आर्थिक बर्ष २०८०/८१ मा प्रदेश सरकारमार्फत प्रदेश सभा क्षेत्र नं.१ मा प्रदेश सरकार मातहत रहेका कार्यालयमार्फत सञ्चालन हुने योजनाहरु संकलन गर्ने र प्राथमिकीकरण गर्ने उद्देश्यका साथ योजनाका बिषयमा पालिकाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागितामा योजना तर्जुमा गोष्ठी पाटनमा सम्पन्न गरिएको हो ।

जिल्लामा प्रदेश सरकार मातहत १३ ओटा कार्यालयमार्फत सञ्चालन हुने योजनाका बिषयमा गोष्ठीमा छलफल भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.