No.1 News Portal from Sudurpashchim Province
bajaj

काँग्रेसका प्रमुख सचेतक लेखक र सुदूरका मुख्यमन्त्रीबीच भेटवार्ता,के के भयो कुरा ?

गोकुलेश्वर। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान मुख्यमन्त्री शाहको कार्यालयमा सचेत लेखक र मुख्यमन्त्री शाह, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएको हो ।

उनीहरुबीचको भेटमा सुदूरपश्चिमको समग्र विकास, समसमायिक राजीतिक घटनाक्रम, प्रदेश सरकार मन्त्रिपरिषद् विस्तार र अगामी बजेट निर्माणको विषयमा छलफल भएको छ ।

गृहजिल्ला कञ्चपुरजाने क्रममा आजमात्रै कैलाली पुगेका सचेतक लेखक मुख्यमन्त्रीको आग्रहमा धनगढीस्थित मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

pm office

सो क्रममा सचेतक लेखकले सुदूरपश्चिममा पहिलो पटक कांग्रेसले प्रदेश सरकारको नेतृ्त्वा पाएको र समयमा सुदूरपश्चिमको विकासका लागि कुनै पहलकदमी बाँकी नराख्न मुख्यमन्त्री शाहलगायतका मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

उनले प्रदेश सरकारले सक्ने विकास आयोजनाहरु प्रदेश सरकारले नै निर्माण गर्नुपर्ने र ठूला विकास आयोजनाहरुको लागि केन्द्र सरकारसँग माग गर्न केन्द्रबाट आफू लागिपरेको र अझ लाग्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै, मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि भर्खरै नयाँ नेतृत्व पाएको बजेट निर्माणमा आफूहरु जुटिरहेको बताएका छन् ।

उनले यसपटक प्रदेशका योजनाहरु भनसुनबाट नभइ प्रकियागत ढङ्गबाट आएका योजनाहरुलाई समावेश गर्ने तयारी गरेको जनाएका छन् ।

यसक्रममा मुख्यमन्त्री शाहले गत निर्वाचनपश्चात गठबन्धन सरकारको सुरुवात सुदूरपश्चिमबाट नै सुरुवात गरेको बताउँदै देशको राजनीति, सरकार गठन र विघटनका प्रकियाहरु सुदूरपश्चिम प्रदेश सरकारबाट नै सुधारको सुरुवात गरेर देखाउने उद्‍घोषसमेत गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.