No.1 News Portal from Sudurpashchim Province
bajaj

समाजवादी प्रेस संगठनदद्धारा पत्रपत्रिका वर्गीकरणप्रति प्रेस काउन्सिललाई ध्यानाकर्षण

गोकुलेश्वर।समाजवादी प्रेस संगठन नेपालले प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मुल्याङ्कनको नतिजाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

पत्रपत्रिका वर्गिकरणको नतिजा मनोमानी, पुर्वाग्रही, विभेदपुर्ण र अवैज्ञानिक रहेको संगठनको ठहर छ ।

pm office

संगठनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कथित मुल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निश्पक्ष ढंगले पुन: वर्गीकरण गर्ने व्यवस्था गर्न माग गरेको छ ।

‘प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मुल्याङ्कनको नतिजाप्रति हाम्रो संगठन समाजवादी प्रेस संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।पत्रपत्रिका वर्गिकरणको नतिजा मनोमानी, पुर्वाग्रही, विभेदपुर्ण र अवैज्ञानिक रहेको हाम्रो संगठनको ठहर छ ।हाम्रो संगठन कथित मुल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निश्पक्ष ढंगले पुनस् वर्गीकरण गर्ने व्यवस्था गरियोस् भन्ने जोडदार माग गर्दछ ।

प्रेस क्षेत्रको नियमन गर्ने र न्याय सम्पादन जस्तो महत्वपूर्ण कर्तव्य निर्वाह गर्नुपर्ने प्रेस काउन्सिलको भुमिका निष्पक्ष र जिम्मेवारीपूर्ण हुन नसक्नु दु:खद पक्ष हो ।

प्रेसलाई मर्यादित बनाउने तथा पत्रपत्रिकाको मूल्याङ्कन गर्ने जिम्मेवारीमा रहेको प्रेस काउन्सिलको नेतृत्व राजनीतिक पुर्वाग्रहबाट माथि उठेर आफ्नो भुमिकामा निष्पक्षता र पारदर्शिता कायम गर्न तथा सबैको विश्वास र भरोसा जितेर काम गर्न हाम्रो संगठन माग गर्दछ।’ संगठनका अध्यक्ष शम्भु श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.