No.1 News Portal from Sudurpashchim Province
bajaj

समाजवादी प्रेस संगठनको अधिवेशन जेठ २६ र २७ गते हुने

काठमाडौंमा हुने

गोकुलेश्वर।नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको अधिवेशन जेठ २६ र २७ गते हुने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले पहिलो अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । सचिवालये बैठकले २०८० वैशाख मसान्त भित्र सदस्यता अद्यावधिक गरी सक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको छ ।

pm office

साथै बैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति गठन गरेको छ ।

यस्तै कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रवन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समिति गठन गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.