
गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका—६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
भागरथीको गर्भमा जुम्ल्याहा बच्चा रहेका थिए। उनले एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा हेलिकप्टरमार्फत उद्दार गरिएका हो ।
उनलाई उपचारका लागि बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
