गोकुलेश्वर। गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बैतडी प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ‘क’ नेकपा एमालेको तर्फबाट उम्मेदवारले बनेका सुरेन्द्र पालले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन् ।
उक्त विवरणअनुसार क्षेत्र ‘क’ बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पालले ४ लाख १७ हजार ५ सय ३३ रुपैया खर्च गरेकोे जनाएका छन् ।

उनले मतदाता नामावली प्रिन्टमा ३ हजार २ सय २५,नमूना मतपत्र छपाई ९० हजार, घोषणापत्र छपाई १ लाख,स्वस्तीक छाप २० हजार रुपयाँ खर्च गरेका छन् ।
यस्तै पार्टीको झण्डा २० हजार,सहभागीहरुको खाना,यातायत र वासमा ७३ हजार ९ सय ४०,गाडी तेलमा ५७ हजार ८ सय ९८ र साउन्ड बक्स डिजे २७ हजार ७ सय ६९ रुपैया खर्च भएको बताइएको छ ।




