No.1 News Portal from Sudurpashchim Province
bajaj

सामाजिक संजालबाट आक्षेप लगाउनेलाई शैल्यशिखरको चुनौती : सक्छौ प्रमाणित गर,नत्र कारबाहीको भागिदार बन!

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिकाकाले पछिल्लो समय सामाजिक सञ्जालमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको प्रतिष्ठामा दाग लगाउने नियतले भ्रामक खबर फिजाएको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगरपालिकाका उपमेयर शान्ति खडायत, विपद् व्यवस्थापन शाखा प्रमुख राजेशसिंह बिष्टको नाम जोडेर सामाजिक सञ्जालमा विभिन्न गलत आरोप सम्प्रेषणगरी चरित्र हत्या हुने खबर फिजाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरको नाम जोडेर सामाजिक सञ्जाललगायत अन्य माध्यममा सम्प्रेषण भईरहेका पोष्टहरु प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘सामाजकि सञ्जालमा आएका समाचारहरु स्पष्ट नभई कपोकल्पित र भ्रामक अर्थ नलाग्ने पोष्ट भएकोले शैल्यशिखर नगरवासी आमा-बुबा,दाजुभाई, दिदीबहिनीमा अवगत गराउन चाहान्छौं । सामाजिक सञ्जालमा आएको गलत पोष्टहरुको खण्डन गर्दै भ्रामक पोष्ट गर्ने व्यक्तिको अनुसन्धानको लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछु,’ पालिकाका प्रवक्ता भरत बहादुर खडायतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

pm office

नगरपालिकाका उपमेयर खडायतले भ्रामक समाचारकोपछि नलाग्न आग्रह गरेकी छन् । ‘सामाजिक सञ्जालमा आएका पोष्टहरुमा कुनै सत्यता छैन् ।अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक पोष्ट बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति मरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन्,‘त्यस्ता फेक पोष्टगरी मेरो चरित्र हत्या हुने खबर फिजाउनेलाई प्रचलित कानून बमोजिम कारवाहीको प्रकिया अगाडि बढाउछु ।’

यसैगरी विपद व्यवस्थापन शाखा प्रमुख बिष्टले समाजाजिक सञ्जाल फेसबुकमा प्रतिशोध साँध्ने किसिमले सामाजिक जिबन नै सखाप गर्ने उद्देश्यका साथ चरित्रहत्या गर्नेगरी सुनियोजित ढंगले कपोकल्पि,झुटा,भ्रमात्मक र नेपालको संविधानले प्रदान गरेको स्वतन्त्राको हकको गलत र अप–व्याख्या हुनेगरी सामाजिक संजालमा प्रत्यक्ष नाम नै जोडी निराधार आरोप र लाच्छाना लगाएकोप्रती गम्भीर ध्यानाकर्षण भएको बताए ।

गलत हुँदै नभएको कुरा सामाजिक सञ्जालमा पोष्ट गरी मानसिक र सामाजिक यातानाको भागीदार हुन् बाध्य बनाएको उनको भनाई छ ।

यस्तै उनले गलत गरेको प्रमाण भेटिएमा कानुन बमोजिम जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै यस्ता नीच आचारणहरुको घोर निन्दा र बिरोध भत्र्सना गर्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्तिहरुमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई उजुरी समेत दिएको बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.