No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीमा स्कारपियो दुर्घटना हुदाँ १ को मृत्यु,शैल्यशिखरका चालकसहित ५ घाईते

स्कारपियो हरिद्धारबाट आएको

गोकुलेश्वर। कैलालीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य ५ जना घाईते भएका छन् ।

आज (शनिवार) जिल्लाको गोदावरी नगरपालिका—५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना भएको हो ।

pm office

दुर्घटनामा धनगढी उपमहानगरपालिका—११ बेलाका निवासी ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको छ ।उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाईते हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका—२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका—६ मटयारीका ४२ वर्षीय भरत बहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनुखाण चन्द घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ । हरिद्धारबाट आएको उक्त स्कारपियो आफैं अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.