No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता

गोकुलेश्वर। दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।

pm office

जिल्लाको व्याँस गाउँपालिका—२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका हुन्।

अहिले प्रहरी र स्थानीयबासीले बेपत्ता भण्डारीको खोजी जारी राखेका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.