गोकुलेश्वर।दार्चुलाको गोकुलेश्वर–देथला–बिटुले–पारिबगर सडक खण्ड अन्तर्गत कर्कले नजिक ओसपमा अटो दुर्घटना भएको छ ।
शैल्यशिखर नगरपालिका—३ ओसपबाट गोकुलेश्वर आउँदै गरेको सुपप्र०१००१ ह ५०३५ नम्बरको अटो (हिजो) बिहीबार राती ८ बजेतिर ओसप मोडमा दुर्घटना हुदाँ चालकसहित तिन जना घाइते भएका छन् ।

घाइते हुनेमा अटो चालक तथा अटो धनी शैल्यशिखर—३ का ३३ वर्षीय रिकेश गोयला सोही ठाउँका २२ वर्षीय महेन्द्र बहादुर चन्द र ३२ वर्षीय हरि गोयला घाइते भएका छन् ।
चालल गोयलाको खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । अरु २ जना समान्य घाइते भएका हुन् ।
तिव्र गतिका कारण अटो दुर्घटनामा परेको अस्थायी टा«फिक प्रहरी पोष्ट गोकुलेश्वरका साहयक हवलदार मिन नाथले बताए ।
उनका अनुसार अटो सडकबाट करिब ३० मिटर तल चमेलिया नदी किनारमा खसेको हो ।



