गोकुलेश्वर। दार्चुलामा बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
१६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार भएका शैल्यशिखर नगरपालिका–४ काडाँपारीका ४९ वर्षीय बिसन ठगुन्नालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरोपित ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको उजुरी परेको थियो । बैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए ।
ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला सदरमुकामको बांगाबगडबाट पक्राउ गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण यसअघि नै भएको थियो आरोपित ठगुन्नाको पनि स्वास्थ्य परीक्षणपछि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको दार्चुला प्रहरीले जनाएको छ ।
